मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२०औँ एसियाली खेलकुद: वर्षाले रोक्यो नेपालको यात्रा, श्रीलंका सेमिफाइनलमा

689
SHARES
२०औँ एसियाली खेलकुद: वर्षाले रोक्यो नेपालको यात्रा, श्रीलंका सेमिफाइनलमा

काठमाडौं । लगातारको वर्षाका कारण खेल हुन नसक्दा नेपाल २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीच मंगलबार हुने तय भएको खेल वर्षाले प्रभावित भएपछि बिना खेल नै नेपालको प्रतियोगिता यात्रा टुंगिएको हो ।

वर्षा नरोकिएपछि खेल सुरु गर्न सम्भव भएन र टससमेत हुन सकेन । निर्धारित खेल हुन नसकेपछि आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतालाई आधार मानेर श्रीलंकालाई सेमिफाइनलमा प्रवेश गराइएको हो ।

पछिल्लो आईसीसी पुरुष टी–२० वरीयतामा श्रीलंका नवौँ स्थानमा रहेको छ भने नेपाल १४औँ स्थानमा छ । यही वरीयताका आधारमा श्रीलंकाले क्वाटरफाइनलमा खेल्न नपरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

नेपाल भने समूह ‘ए’ को शीर्ष टोलीका रूपमा क्वाटरफाइनल पुगेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । आयोजक जापानसँगको दोस्रो खेल भने वर्षाका कारण नतिजाविहीन बनेपछि नेपालले तीन अंक जोड्यो र समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

तर, क्वाटरफाइनलमा समेत वर्षा बाधक बनेपछि नेपालले मैदानमा उत्रिएर प्रतिस्पर्धा गर्ने अवसर नै नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको हो ।

 



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १३, मंगलवार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP