मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कार्यतालिका कुनै विवादबिना सर्वसम्मत पारित गर्न देउवाको निर्देशन

1.5K
SHARES
कार्यतालिका कुनै विवादबिना सर्वसम्मत पारित गर्न देउवाको निर्देशन

काठमान्डु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमै महाधिवेशन गर्ने लक्ष्यसहित तयार पारिने कार्यतालिकालाई कुनै विवाद बिना सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।

सोमबार महाराजगञ्जस्थित निवासमा संस्थापन पक्षीय नेताहरूसँग छलफल गर्दै देउवाले २१ फागुनमा निर्धारित आमनिर्वाचनअघि महाधिवेशन आवश्यक भन्दै नेताहरूलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह गरेका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार, देउवाले कार्यतालिका एकमतले पास गर्नुपर्ने बताएका थिए । “सभापतिज्यूले कार्यतालिका सर्वसम्मत पास गर्नुस्, यसले पार्टीभित्रको विभाजन रोक्छ भन्नुभयो,” ती नेताले बताए । उनका अनुसार नेताहरूले आ–आफ्ना धारणा राखे पनि अन्ततः सभापतिको आग्रहपछि सर्वसम्मत पारित गर्ने दिशामा फर्किएका हुन् ।

यसअघि संस्थापन पक्षीय नेताहरू महाधिवेशन चुनावअघि गर्न नहुने अडानमा थिए । आइतबार उनीहरूले सोमबार पेश हुने कार्यतालिका असफल बनाउने तयारीसमेत गरेका थिए । तर आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा देउवाको निर्देशनअनुसारकै कार्यतालिका प्रस्तुत हुने भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १५, सोमबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP