मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको लगातार दोस्रो हार, श्रीलङ्कासँग ३–२ ले पराजित

78
SHARES
नेपालको लगातार दोस्रो हार, श्रीलङ्कासँग ३–२ ले पराजित

काठमाडौं । पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पाकिस्तानको इस्लामावादस्थित लियाकत जिम्नेसियममा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भएको हो ।

खेलको सुरुआत श्रीलङ्काले उत्कृष्ट गर्दै पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि नेपालले प्रभावशाली पुनरागमन गर्दै लगातार दोस्रो र तेस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जितेर खेलमा अग्रता बनाएको थियो ।

तर चौथो सेटमा श्रीलङ्काले पुनः लय समात्दै २५–२१ को जित निकाल्यो र खेललाई निर्णायक पाँचौँ सेटमा पुर्‍यायो । अन्तिम सेटमा पनि श्रीलङ्काले १५–११ को जित दर्ता गर्दै नेपाललाई पराजित गर्‍यो ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि ३–२ को सेटमा पराजित भएको थियो । लगातार दुई हारसँगै नेपालको सेमिफाइनल यात्रामा चुनौती थपिएको छ ।

नेपालले अब आफ्नो तेस्रो खेल शुक्रबार घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । प्रतियोगितामा पाकिस्तान, नेपाल, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्बेकिस्तान सहभागी छन् । सिंगल राउन्ड रोबिन लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ७, बिहीबार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP