मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विस्थापितलाई सरकारको आह्वान: दशरथ रंगशालामा दर्ता गर्न आग्रह

949
SHARES
विस्थापितलाई सरकारको आह्वान: दशरथ रंगशालामा दर्ता गर्न आग्रह

काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका र स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल खुला स्थान वा सडक क्षेत्रमा बसिरहेका व्यक्तिहरूलाई दशरथ रंगशालामा सञ्चालन गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित भएर नाम दर्ता गराउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकको डिजिटल अभिलेख तयार गर्ने र होल्डिङ सेन्टरमार्फत अस्थायी व्यवस्थापन गर्ने तयारी गरिएको छ । सरकारले सञ्चालनमा ल्याएको उक्त होल्डिङ सेन्टरमा आवास, खाना, स्वास्थ्य उपचार, बालबालिकाको शिक्षा र मनोसामाजिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइएको जनाएको छ ।

जारी प्रेस विज्ञप्तिमा सरकारले स्वव्यवस्थापन गर्न नसक्ने अवस्थाका नागरिकलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । मन्त्रालयले दशरथ रंगशालामा पुगेर दर्ता गराउन आग्रह गर्दै नागरिकको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाप्रति सरकार प्रतिबद्ध रहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २०, आईतवार ०८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP