मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले बैठकमा सुनुवारको व्यंग्यः ‘महाधिवेशनसँगै नेतामा देउता आउँछ !’

4.1K
SHARES
एमाले बैठकमा सुनुवारको व्यंग्यः ‘महाधिवेशनसँगै नेतामा देउता आउँछ !’

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सोमबार अनौपचारिक शैलीमा भएको एक टिप्पणीले हलमा हाँसोको माहोल बनाएको छ । केन्द्रीय सदस्य यज्ञराज सुनुवारले महाधिवेशन नजिकिँदै जाँदा केही नेतामा ‘देउता आउने’ लक्षण देखिने गरेको भन्दै कटाक्ष गरेका हुन् ।

उनले गाउँघरमा चाडपर्वको बेला धामी–झाँक्री चल्ने चलनको उदाहरण दिँदै एमालेमा महाधिवेशन आएपछि केही नेतामा त्यस्तै प्रवृत्ति देखिने आरोप लगाए । ‘देउता आएझैँ गरेर हल्ला मच्चाउने नेताबाट कार्यकर्ता र जनता त्रसित हुनुपर्ने अवस्था आउँछ,’ सुनुवारले भने ।

‘अघिपछि मौन, महाधिवेशनमा बखेडा’
सुनुवारले बैठकमा स्पष्ट रूपमा आरोप लगाए— पार्टीमा अघिपछि नेतृत्वसँग सधैँ चुपचाप रहने कतिपय नेता महाधिवेशनको बेला मात्र सक्रिय हुने, बखेडा झिक्ने र कार्यकर्ताको मनोबल कमजोर बनाउने काममा लाग्ने गर्छन् ।

उनको यो भनाइ पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व सुम्पन दबाब दिने नेताहरूलाई लक्षित देखिएको छ ।

‘पूर्वराष्ट्रपतिलाई राजनीति फर्काउने चेष्टा अनुचित’
सुनुवारले अर्को प्रसंगमा पूर्वराष्ट्रपतिहरूप्रति उच्च सम्मान आवश्यक रहेको भन्दै, ‘जो एकपटक राष्ट्रपतिको गरिमामा पुगे, उनीहरूलाई फेरि दलगत राजनीतिमा फर्काउने प्रयास अनुचित हुन्छ,’ भने ।

उनले पार्टीको सांगठनिक ढाँचा पनि देशको संवैधानिक र प्रशासनिक प्रणालीसँग मेल खाने गरी सुदृढ बनाइनुपर्ने सुझाव दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP