मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी, बिहान ८ः३० बाट लागू

2.3K
SHARES
काठमाडौंंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी, बिहान ८ः३० बाट लागू

काठमाडौंं । काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रभित्र आज बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा कर्फ्यु अर्को आदेश नभएसम्म जारी रहने उल्लेख छ ।

कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाभित्र चक्रपथ क्षेत्रभर लागू हुनेछ । यसमा पूर्वतर्फ बालकुमारी पुलदेखि कोटेश्वर चोक, उत्तरतर्फ सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, पश्चिमतर्फ गोङ्गबु, बालाजु, स्वयंम्भु र दक्षिणतर्फ कलंकी, बल्खु हुँदै बागमती नदीको पुलसम्म समावेश छन् ।

यस क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न नपाइने स्पष्ट गरिएको छ ।

अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स र दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मीका सवारी, पर्यटक सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी, हवाई यात्राका लागि टिकट देखाएर यात्रा गर्ने यात्रुलाई मात्रै आवतजावत गर्न दिइनेछ । तर त्यसका लागि सुरक्षाकर्मीहरूद्वारा सहजीकरण गरिनेछ ।

प्रशासनले नागरिकलाई आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ र उल्लंघन गरे कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP