मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हेटौँडामा सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते

2.1K
SHARES
हेटौँडामा सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते

हेटौँडा । मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना सैनिक घाइते भएका छन् ।

लगभग दिउँसो २ः५० बजे तनहुँस्थित नं. २ राजदल गणबाट धनुषा तर्फ गइरहेको उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा रहेको टोली सवार ट्रक दुर्घटनामा परेको हो ।

सैनिक टोलीसँगै जाँदै गरेका चारवटा ट्रकमध्ये लु. ग २८० नम्बरको ट्रक सडक किनारको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खस्दा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । सो ट्रकमा २२ जना सेना सवार थिए ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य चोटपटक छ ।

घटनापछि प्रहरी र सेनाको टोलीले उद्धारकार्य गरी घाइते सैनिकलाई तत्काल हेटौँडा अस्पताल पुर्‍याइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार १०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP