मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्यमन्त्री लामाले पुनः संसदीय दलको नेताका लागि उम्मेदवारी दिए

3.3K
SHARES
मुख्यमन्त्री लामाले पुनः संसदीय दलको नेताका लागि उम्मेदवारी दिए

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पुनः उम्मेदवारी दिएका छन् ।

मंगलबारमात्रै दलको नेताबाट बहुमतले हटाइएका लामाले बुधबार सुरु भएको नयाँ निर्वाचन प्रक्रियामा सहभागी भएर पुनः नेतृत्वमा फर्किने प्रयत्न गरेका हुन् ।

प्रदेशसभा भवन परिसरमा जारी निर्वाचन प्रक्रियामा सांसद तीर्थ लामाको प्रस्ताव र अर्थमन्त्री कुन्दन काफ्लेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत शुक्रबार संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा मंगलबार मतदान हुँदा २२ सांसदले पक्षमा मत दिएपछि लामा पदमुक्त भएका थिए । कुल ३७ जना कांग्रेस सांसदमध्ये बहुमतले अविश्वास प्रस्ताव पारित गरेसँगै नेताको नयाँ चयन प्रक्रिया अघि बढाइएको हो ।

अब दलको नयाँ नेताका लागि लामा र सांसद बद्रीप्रसाद बानिया प्रतिस्पर्धामा छन् । बागमती प्रदेशमा कुल ३७ सांसदमध्ये २२ जना बानियाको पक्षमा देखिन्छन् भने १५ जना लामासँग छन् ।

निर्वाचन समितिका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP