मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सांस्कृतिक पर्वले समृद्धिको मार्गस्थितिमा ऊर्जा दिन्छ : प्रचण्ड

1.7K
SHARES
सांस्कृतिक पर्वले समृद्धिको मार्गस्थितिमा ऊर्जा दिन्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैँजस्ता सांस्कृतिक पर्वहरूले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

विजया दशमी २०८२ का अवसरमा आज (सोमबार) जारी शुभकामना सन्देशमा उनले यस पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा रूपान्तरण गर्ने सामर्थ्य बोकेको उल्लेख गरेका छन् । उनले दहलगायतका पर्वहरू सामाजिक ऐक्यबद्धता र प्रगतिप्रतिको सङ्कल्पसहित मनाउन अपिल गरेका छन् ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अझै अधूरा रहेका रूपान्तरणका एजेन्डालाई सम्बोधन गर्नुपर्ने जटिल राजनीतिक अवस्थामा देश रहेको भन्दै दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलगायत संविधान निर्माणकै क्रममा सम्बोधन हुन नसकेका विषय समेट्नुपर्ने समय आएको बताएका छन् ।

‘जेन–जी’का माग र पछिल्लो राजनीतिक अवस्थाबाट सिर्जित मनोविज्ञानलाई आत्मसात गर्दै आफ्नो पार्टीले सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया आरम्भ गरिसकेको प्रचण्डले सन्देशमा प्रष्ट पारेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP