मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विघटन पक्षबाटै पुनःस्थापनाको कुरा विडम्बनाः प्रचण्ड

2.9K
SHARES
विघटन पक्षबाटै पुनःस्थापनाको कुरा विडम्बनाः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई विघटन गर्नेहरूकै समूहले अहिले त्यसै संस्थाको पुनःस्थापना माग्नु हास्यास्पद र विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहले विघटनको पक्षमा उभिएर अहिले पुनःस्थापनाको प्रसंग उठाउनु उपहासपूर्ण भएको बताए ।

आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत प्रक्रिया भएको स्पष्ट गर्दै उनले निर्वाचन रोक्ने वा भाँड्ने प्रयासले देशलाई पुनः अराजकतामा धकेल्न सक्ने चेतावनी दिए । चुनावलाई सम्पन्न गर्न राष्ट्रिय सहमति अत्यावश्यक भन्दै उनले सबै दलले जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

सरकार निर्वाचनका तयारीमा गम्भीर रहेको उल्लेख गर्दै प्रचण्डले वर्तमान संविधान केही अंशमा मार्गबाट विचलित भएको र त्यसलाई सही ट्रयाकमा ल्याउने उपाय संविधान संशोधन नै रहेको बताए । समाजवादी मोर्चामा जोडिएका बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने उनले संकेत दिए ।

जेनेरेसन जेडलाई क्रान्तिको भावी धरोहरका रूपमा प्रस्तुत गर्दै प्रचण्डले उनीहरूमाथि गरिने अपमानजनक वक्तव्यहरू अनुचित भएको स्पष्ट पारे । कुनै पनि क्रान्तिमा मित्र र विरोधी शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धीहरू जोगाउन नसकिने उल्लेख गर्दै उनले मित्र शक्ति पहिचान गर्न सबैलाई आह्वान गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP