मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सूचना अधिकारीहरुकै वेदना: “जिम्मेवारी छ, तर सूचना छैन”

2.4K
SHARES
सूचना अधिकारीहरुकै वेदना: “जिम्मेवारी छ, तर सूचना छैन”

खोटाङ । जिल्लास्तरीय सरकारी कार्यालयहरूमा सूचनाको व्यवस्थापन जिम्मेवारी पाएका सूचना अधिकारीहरूले आफूहरूमै सूचना नपर्ने गुनासो सार्वजनिक गरेका छन् ।

दिक्तेलमा सूचनाको हक सम्बन्धी भएको छलफल कार्यक्रममा सहभागी सूचना अधिकारीहरूले कार्यालयबाट सूचना प्रवाह गर्ने औपचारिक संरचना भए पनि आफ्नै पहुँचमा जानकारी नआउने समस्या रहेको बताएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईका अनुसार धेरैजसो कार्यालय प्रमुखहरू स्वयंले पत्रकार तथा सर्वसाधारणलाई सूचना दिन नरुचाउने प्रवृत्तिले सूचनाको हक कार्यान्वयनमा चुनौती थपिएको छ । ‘सूचना अधिकारीको हैसियतले बसेको छु, तर मलाई नै सूचना उपलब्ध हुँदैन,’ उनले भने, ‘यो समस्या अन्य धेरै सूचना अधिकारीको पनि हो ।’

नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको प्रतिवेदनमा आधारित भएर समाचार प्रकाशित गर्दा समेत पत्रकारहरूविरुद्ध वक्तव्य जारी गर्ने प्रवृत्ति रहेको भन्दै सूचनाको हकप्रति राज्य संयन्त्र अझै पनि बचेकाँचे भएको टिप्पणी गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक संविधानले प्रत्याभूत गरेको मौलिक हक भएकाले हरेक कार्यालयले पत्रकार र नागरिकलाई आवश्यकता पर्दा सहज रूपमा सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

उनको भनाइमा, सूचनाको हक सुनिश्चित नभएसम्म सुशासनको आधार नै कमजोर रहन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP