मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन विवाद समाधानतर्फ, पुस मसान्तमै कार्यतालिका ल्याउने तयारी

2.4K
SHARES
कांग्रेस महाधिवेशन विवाद समाधानतर्फ, पुस मसान्तमै कार्यतालिका ल्याउने तयारी

काठमान्डु । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका पुस मसान्तमै सार्वजनिक गर्ने दिशामा छलफल अघि बढेको छ । आइतबार बस्न लागेको केन्द्रीय समिति बैठकका लागि तयारी स्वरूप शुक्रबारसम्मको बहस सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् ।

असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विवादमा अल्झिँदै आएकोमा सभापति शेरबहादुर देउवा स्वयं सक्रिय भएपछि समाधानतर्फ प्रगति भएको हो । पछिल्ला तीन दिनयता देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग लगातार छलफल गर्दै नेताहरूलाई महाधिवेशन समयमै सक्नुपर्ने बताउँदै आएका छन् ।

देउवाले विवादित पक्षप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘मैले नेतृत्व छोड्ने कुरा गरिसकेको अवस्थामा पनि तपाईंहरू विवाद मात्र गर्दै बस्नुहुन्छ? नियमित महाधिवेशनको मिति तोकेर अघि बढौँ, पुस मसान्तमै सक्नुपर्छ ।’

उनका अनुसार अधिकांश पक्ष सहमतितर्फ उन्मुख भएका छन् । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने समय अभावका कारण नियमित महाधिवेशन चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् । उनीहरू ‘फास्ट ट्रयाक’ प्रक्रियाबाट सम्भव हुने भए समर्थन गर्न तयार रहेको बताउँछन्, तर क्रियाशील नवीकरण, सदस्यता वितरण र आईटी व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाउन प्रतिबद्धता आवश्यक छ भन्नेमा जोड दिन्छन् ।

बैठकमा गगन थापाले विशेष महाधिवेशनका पक्षमा भने पनि देउवाले ‘विशेष हुँदैन, नियमितमै जाऔँ’ भन्दै मत व्यक्त गरेका थिए ।

यस्तै, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै बुझाएका निवेदन फिर्ता लिन आग्रह गरिएको भए पनि थापाले त्यसको जिम्मेवारी लिन नसक्ने बताएका छन् ।

नेताहरूबीच विशेष र नियमित महाधिवेशन गर्ने मतभेदका कारण बैठक निरन्तर लम्बिएको भए पनि आइतबार दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको तालिका पेस हुने अपेक्षा व्यक्त गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १३, शनिबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP