मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको निष्कर्ष— रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

2.6K
SHARES
रास्वपाको निष्कर्ष— रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानमा भएको संशोधन प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट धारणा दिएको छ । पार्टी सचिवालयको मंगलबार बसेको बैठकले सभापति खतिवडाले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । प्रवक्ता मनिष झाले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

निजामती सेवा विधेयकमा गरिएको संशोधनले कुलिङ अफ पिरियडलाई प्रभावहीन बनाएको आरोपसहित सार्वजनिक आलोचना भएपछि संसदको विशेष छानबिन समितिले हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा खतिवडाले संसदीय समन्वय र प्रक्रियागत पारदर्शितामा कमजोरी देखाएको भन्दै उनलाई नैतिक रूपमा उत्तरदायी ठहर गरिएको छ ।

त्यही प्रतिवेदनलाई आधार मानेर रास्वपाले खतिवडाको राजीनामा माग गरेको हो ।

साथै, सचिवालय बैठकमा रास्वपाले आफ्नै विधानमा सुधारका लागि नयाँ प्रस्ताव पनि राखेको छ । सरकारी सेवाबाट अवकाश प्राप्त गरेका व्यक्तिहरूलाई कम्तीमा दुई वर्षसम्म पार्टीमा सदस्य नबनाउने प्रावधान थप्ने प्रस्ताव आएको छ। प्रवक्ता झाले भने, “समय अभावका कारण उक्त प्रस्तावमा विस्तृत छलफल हुन सकेन, तर आगामी बैठकमा यस विषयमा निर्णय हुने अपेक्षा छ ।”

रास्वपाले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशजस्ता संवैधानिक उच्चपदस्थ र सम्मानित पदमा रहेकाहरूलाई पार्टी प्रवेश नदिने प्रस्ताव पनि ल्याएको छ ।

बैठकले रुपन्देहीको उपचुनावमा उम्मेदवारी दिने तयारीमा रहेकी कुसुम महर्जनको समानुपातिक सूचीबाट नाम हटाउने निवेदन स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP