मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवामा बाढी: ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता, ९ जनाको सकुशल उद्धार

2.7K
SHARES
रसुवामा बाढी: ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता, ९ जनाको सकुशल उद्धार

काठमाडौं । रसुवामा भीषण वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा रातभर परेको मुसलधारे वर्षापछि आएको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म ९ जनाको सकुशल उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी छ ।

प्रहरीका अनुसार बाढीको मूल कारण चिनियाँ भेगमा भएको अत्यधिक वर्षा हो, जसका कारण एक्कासी आएको बाढीले जनधनको क्षति निम्त्याएको हो ।

रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण नेपाल–चीनबीचको आवागमन अवरुद्ध भएको प्रहरीको भनाइ छ । पुल क्षतिग्रस्त हुँदा सवारी साधन र मानिसको आवत–जावत पूर्ण रुपमा रोकिएको छ ।

प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली खोज तथा उद्धारमा खटिएको छ । मौसममा सुधार भएसँगै हेलिकप्टरमार्फत थप उद्धार प्रयास हुने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २४, मंगलवार ०४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP