मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली र वर्षाको सम्भावना

1.3K
SHARES
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि बाक्लो बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

सोमबार दिनभर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू तथा देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहने सम्भावना छ । त्यस्तै तराई क्षेत्रहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । तराई क्षेत्रका केही स्थानहरूमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २, सोमबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP