मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँच वर्ष खेर नफाल्ने गगन थापाको प्रतिबद्धता

1.6K
SHARES
पाँच वर्ष खेर नफाल्ने गगन थापाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी आवश्यक कुरा सुधार भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले आगामी पाँच वर्षलाई परिणाममुखी बनाउने संकल्पसहित कांग्रेस अघि बढेको जिकिर गरे ।

उनले विगत एक दशकभन्दा बढी अवधिमा अपेक्षित गतिमा विकास हुन नसकेको स्वीकार गर्दै त्यसमा आफ्नो दलको समेत जिम्मेवारी रहेको बताए । तर अबको पाँच वर्ष कुनै हालतमा खेर जान नदिने प्रतिबद्धता उनले व्यक्त गरे । देशलाई सही दिशामा लैजान राजनीतिक दलहरूलाई आत्मसमालोचना गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

थापाका अनुसार अहिले नागरिक तहमा, विशेषगरी युवामाझ, राज्य सञ्चालनको शैलीप्रति असन्तोष बढ्दो छ र त्यसलाई बेवास्ता गर्न नमिल्ने अवस्था आएको छ । युवाहरूको गुनासो जायज रहेको उल्लेख गर्दै उनले सुधारमार्फत त्यसको सम्बोधन गर्नुपर्ने बताए । उनले कांग्रेस स्पष्ट योजना र कार्यसूचीसहित सुधारको जिम्मेवारी लिन तयार रहेको बताए ।

देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने भन्दै उनले सहकार्य र समावेशी राजनीतिक संस्कृतिको आवश्यकता औँल्याए । फरक विचार र प्रतिस्पर्धा भए पनि देश निर्माणका लागि सबै राजनीतिक शक्तिहरूको भूमिका आवश्यक रहेको उनको भनाइ थियो । देशलाई अगाडि बढाउन सहमति र सहकार्यको राजनीति आवश्यक रहेको उनले जोड दिए ।

उनले आगामी निर्वाचनलाई लोकतन्त्रका लागि महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै पपुलिस्ट राजनीति र अतिवादबाट देशलाई जोगाउनु अहिलेको प्रमुख चुनौती भएको बताए । परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको प्रभावमा परेको उदाहरण दिँदै नेपालजस्तो संस्थागत रूपमा अझै बलियो नभइसकेको लोकतन्त्रका लागि यो जोखिमपूर्ण हुन सक्ने उनको भनाइ थियो ।

संस्थाहरू सुदृढ नभएको अवस्थामा पपुलिस्ट लहरबाट आउने राजनीतिक निर्णयको भार देशले धान्न गाह्रो हुन सक्ने भन्दै उनले त्यसबारे गम्भीर छलफल र सही राजनीतिक दिशाको खोजी आवश्यक रहेको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP