मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरधामबाट कांग्रेसको ‘भिजन १०’ प्रतिज्ञापत्र सार्वजनिक, समुन्नत नेपालको लक्ष्य

884
SHARES
जनकपुरधामबाट कांग्रेसको ‘भिजन १०’ प्रतिज्ञापत्र सार्वजनिक, समुन्नत नेपालको लक्ष्य

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनतामाझ आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार ‘भिजन १०’ अवधारणासहित प्रतिज्ञा–पत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञा–पत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल लगायत मधेस प्रदेशका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिज्ञा–पत्र सार्वजनिक गरेपछि पार्टीले सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै ‘भिजन १०’ का मुख्य बुँदाबारे विस्तृत जानकारी गराएको छ । कांग्रेसले आगामी आमनिर्वाचनबाट बहुमतसहित लोकतान्त्रिक तथा जनहितमा केन्द्रित सरकार गठन गर्ने लक्ष्य राखेको जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा–पत्र जिम्मेवारी, दृष्टिकोण र स्पष्ट कार्ययोजनामा आधारित रहेको दाबी गर्दै नेपाललाई उत्कृष्ट राष्ट्र बनाउने आधार प्रस्तुत गरिएको बताए । उनका अनुसार प्रतिज्ञा–पत्रका हरेक प्रतिबद्धता कार्यान्वयनमुखी रहेकाले त्यसकै आधारमा पार्टी र नेतृत्वको मूल्यांकन हुनुपर्ने कांग्रेसको धारणा छ ।

कांग्रेसले प्रतिज्ञा–पत्र केवल घोषणामा सीमित नरहने उल्लेख गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा मतदाता र जनताले प्रतिज्ञापत्र कार्यान्वयनकै आधारमा पार्टीको कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने पार्टीको अपेक्षा छ ।

कांग्रेसले आफ्नो चुनावी दृष्टिकोणलाई सरल रूपमा ‘भिजन १०’का रूपमा प्रस्तुत गर्दै यसलाई ‘कांग्रेस टु प्वाइन्ट जिरो’को आधारका रूपमा व्याख्या गरेको छ । पार्टीले पुनरुत्थानको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै जनताको अपेक्षा अनुरूप भविष्य निर्माण गर्ने संकल्प व्यक्त गरेको छ ।

कांग्रेसका १० भिजन

  • सम्मानित भएर बाँच्न पाउने नेपाल
  • सपना देख्न सक्ने नेपाल
  • सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
  • पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
  • ओखती र ओत दिने नेपाल
  • छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
  • बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
  • मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
  • विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
  • समुन्नतिमा लम्किने नेपाल



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP