मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि महिला क्रिकेट टोली घोषणा

845
SHARES
एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि महिला क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स महिला छनोट प्रतियोगिता तथा एसीसी महिला प्रिमियर कप २०२६ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ । बुधबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।

आगामी मे २३ देखि ३१ सम्म मलेसियामा आयोजना हुने एसियन गेम्स महिला छनोट प्रतियोगितामा नेपालले सहभागिता जनाउँदैछ । त्यसलगत्तै जुन १ देखि १३ सम्म हुने एसीसी महिला प्रिमियर कपमा पनि नेपाली टोली मैदान उत्रनेछ । लगातार दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता अघि टोली घोषणा गरिएकाले तयारीलाई तीव्र बनाइएको क्यानले जनाएको छ ।

टोलीमा अनुभवी तथा युवा खेलाडीको मिश्रण गरिएको छ । कप्तान इन्दु बर्मासहित पूजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, रिया शर्मा, सिता रानामगर, अनु कठायत, मनिषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसीले स्थान बनाएका छन् ।

हाल नेपाली महिला टोली प्रशिक्षणमा व्यस्त रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्यसहित टोलीले फिटनेस, ब्याटिङ तथा बलिङमा विशेष अभ्यास गरिरहेको बताइएको छ । पछिल्लो समय महिला क्रिकेटमा देखिएको सुधार र युवा खेलाडीको उदयले समर्थकहरूमा पनि उत्साह थपिएको छ ।

यस्तै, क्यानले चार खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ । सावित्री धामी, सोमु विष्ट, सना प्रविन र लक्ष्मी साउद वैकल्पिक खेलाडीका रूपमा टोलीसँग रहनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २३, बुधबार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP