मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्धन मूल्य समायोजन: पेट्रोल र डिजेल सस्तियो, एलपी ग्यास महँगियो

221
SHARES
इन्धन मूल्य समायोजन: पेट्रोल र डिजेल सस्तियो, एलपी ग्यास महँगियो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा नयाँ समायोजन गर्दै पेट्रोल तथा डिजेलको भाउ घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रुपैयाँले कमी गरिएको हो ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं लगायत तेस्रो वर्गका सहरहरूमा शुक्रबार बिहानदेखि पेट्रोलको खुद्रा मूल्य २१७ रुपैयाँ प्रति लिटर र डिजेलको २२५ रुपैयाँ प्रति लिटर कायम गरिएको छ । मूल्य घटेसँगै सवारी धनी र उपभोक्ताहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

तर, अर्कोतर्फ खाना पकाउने एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ । प्रति सिलिन्डर १५० रुपैयाँले बढाइएपछि यसको प्रयोग गर्ने घरपरिवारमा थप आर्थिक भार पर्ने देखिएको छ । विशेषगरी दैनिक उपभोगका लागि ग्यासमा निर्भर रहेका शहरी क्षेत्रका उपभोक्ताहरू प्रभावित हुनेछन् ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची तथा अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने परिवर्तनले नेपालमा इन्धनको भाउ प्रत्यक्ष रूपमा प्रभावित पार्ने गरेको छ ।

यस मूल्य समायोजनले एकातिर यातायात तथा ढुवानी क्षेत्रमा केही सहजता ल्याउने भए पनि ग्यासको मूल्य वृद्धिले उपभोक्ता बजारमा समग्र महँगी बढ्न सक्ने आँकलन गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १८, शुक्रबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP