मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रभु बैंकको सीईओमा सुमन शर्मा

598
SHARES
प्रभु बैंकको सीईओमा सुमन शर्मा

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको हो ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव बोकेका शर्मा अनुभवी र कुशल बैंकरका रूपमा परिचित छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए भने त्यसअघि माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हालिसकेका छन् ।

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको हो । शर्माले यसअघि ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक लगायतका प्रतिष्ठित बैंकिङ संस्थामा विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन् ।

शैक्षिक रूपमा समेत अब्बल शर्मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका हुन् । उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ करियरको सुरुवात गरेका थिए ।

एसबीआई बैंकमा सात वर्ष काम गरेपछि उनले सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए (फाइनान्स) अध्ययन पूरा गरेका हुन् । शर्मा अर्थशास्त्र तथा एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार ०६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP