मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित आठ पक्राउ

247
SHARES
प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित आठ पक्राउ

काठमाडौं । पर्सामा क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय अध्यक्ष जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

यसैगरी नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत पक्राउ परेका छन् । पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २१, आईतवार ०५:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP