मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षक महासंघको चेतावनी : ‘अबको आन्दोलन अझ कडा र दबाबपूर्ण’

1.8K
SHARES
शिक्षक महासंघको चेतावनी : ‘अबको आन्दोलन अझ कडा र दबाबपूर्ण’

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधन नभएको भन्दै थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अबको आन्दोलन विगतको भन्दा अझ कडा र दबाबपूर्ण हुने चेतावनी दियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । त्यसपछि भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टासम्म प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते जिल्लास्तरका समन्वय एकाइमा पनि ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टासम्म धर्ना दिने तयारी भएको सुवेदीले जानकारी दिए ।

उनका अनुसार भदौ २१ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अवधारणात्मक छलफल, विरोध प्रदर्शनलगायत थप कठोर कदम घोषणा गरिनेछ ।

‘सरकारसँग भएको २७ बुँदे सहमति नै हाम्रो बटमलाइन हो,’ सुवेदीले भने, ‘तर सरकारले प्रतिवद्धता पूरा नगरेको हुँदा हामी बाध्यतावश दबाबपूर्ण आन्दोलनतर्फ अघि बढिरहेका छौँ ।’

शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै महासंघले आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ०७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP