मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग, जोखिमपूर्ण यात्रा नगर्न प्रहरीको आग्रह

936
SHARES
तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग, जोखिमपूर्ण यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । वर्षापछि बाढीले अवरुद्ध बनेको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध सडकमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरिएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षा अझै जारी रहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । पानी पर्नेबित्तिकै रोशी क्षेत्रको अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन भनिएको छ ।

गत सोमबार आएको बाढीले राजमार्गको विभिन्न भागमा क्षति पुर्‍याउँदै सडक सम्पर्क पूर्णरूपमा विच्छेद गरेको थियो । विशेषगरी रोशी खोलाको आसपास निर्माण गरिएका अस्थायी सडक संरचना बगाउँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

राजमार्ग बन्द भएपछि धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारीसाधन रोक्नुपरेको थियो । यातायात अवरुद्ध हुँदा यात्रुहरूले लामो समयसम्म सास्ती बेहोर्नुपरेको स्थानीयले बताएका छन् ।

गत वर्षको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो । त्यसपछि खोलामै अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको छ । अहिले प्रभावित क्षेत्रमा स्थायी सडक पुनर्निर्माणको काम जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २४, बिहीबार ०६:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP