मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: आज बन्द सत्र, निर्वाचन प्रक्रिया पनि अघि बढाइँदै

507
SHARES
कांग्रेस महाधिवेशन: आज बन्द सत्र, निर्वाचन प्रक्रिया पनि अघि बढाइँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सञ्चालन हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । प्रतिवेदनमाथि छलफलसँगै पार्टीको आगामी कार्यदिशा र समसामयिक राजनीतिक विषयमा पनि प्रतिनिधिहरूबीच विचार आदानप्रदान हुने बताइएको छ ।

महाधिवेशनको दोस्रो दिन नै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनसम्बन्धी प्रक्रिया पनि अघि बढ्नेछ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझदेखि निर्वाचनका प्रारम्भिक प्रक्रिया सुरु गरिनेछ ।

निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी, दाबी–विरोध तथा अन्य आवश्यक तयारी अघि बढाइनेछ । महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ ।

यसैबीच, आइतबारदेखि सुरु भएको महाधिवेशनमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको सहभागिता भने रहेको छैन । देउवा समूहको अनुपस्थितिका कारण यसपटकको महाधिवेशनलाई कांग्रेसभित्रको नयाँ शक्ति समीकरणका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र समसामयिक राष्ट्रिय मुद्दामा कांग्रेसको धारणा तय गर्ने अपेक्षा गरिएको छ । बन्द सत्रमा प्रस्तुत हुने प्रतिवेदन र त्यसपछि अघि बढ्ने निर्वाचन प्रक्रियाले महाधिवेशनको आगामी दिशा निर्धारण गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १९, सोमबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP