मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एएफसी यू–२० महिला एसियन कपः नेपालको महत्त्वपूर्ण जित

2.7K
SHARES
एएफसी यू–२० महिला एसियन कपः नेपालको महत्त्वपूर्ण जित

काठमाडौं । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ ।

थिम्पुको चाङलिमिथाङ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा निर्णायक गोल खेलको अन्तिम मिनेटमा सम्भव भयो । ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई तीन अंक दिलाइन् । उनले मिना देउवाको क्रसलाई जाली चुमाउँदै गोलमा परिणत गरेकी हुन् ।

खेलभर साउदी अरेबियाले पनि केही आक्रमण गर्ने अवसरहरू बनाएको थियो, तर त्यसलाई गोलमा परिणत गर्न सकेन । उता, नेपालले ३७औं मिनेटमा पाएको पेनाल्टी गुमायो । मिना देउवाले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो । साउदी अरेबियाको यो दोस्रो हार हो— पहिलो खेलमा उसले उत्तर कोरियासँग १५–० को अपमानजनक हार भोगेको थियो ।

बराबरीबाट सुरुआत गरेका कारण समूहविजेता बन्ने नेपालको आशामा केही चुनौती थपिएको छ । अब नेपालले आइतबार बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग भिड्नुपर्नेछ ।

प्रतियोगितामा प्रत्येक समूहको विजेता सिधै यू–२० महिला एसियन कपका लागि छनोट हुनेछन् । साथै, तीन उत्कृष्ट उपविजेता टोलीहरू पनि छनोटमा पर्ने प्रावधान छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ११:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP