मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले नेतृत्वलाई छुन खोजे सरकार ढल्ने चेतावनी

3.3K
SHARES
एमाले नेतृत्वलाई छुन खोजे सरकार ढल्ने चेतावनी

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारविरुद्ध कडा चेतावनी दिँदै आवश्यक परे निर्णायक संघर्षमा उत्रिने बताएका छन् ।

काठमान्डुको भृकुटीमण्डपमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई थप एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले एमाले नेतृत्व र कार्यकर्तामाथि भइरहेका गतिविधिहरू अस्वीकार्य रहेको भन्दै त्यसको कडा प्रतिवाद गरिने स्पष्ट पारे ।

एमालेमाथि भौतिक आक्रमण, जाली मुद्दा र पञ्चायतकालीन शैलीका गतिविधि भइरहेको आरोप लगाउँदै ओलीले भने, “एमाले नेतृत्वलाई छोइयो भने त्यसको परिणाम गम्भीर हुन्छ । झूट्टा मुद्दा लगाएर नेतृत्वमाथि हात हाल्ने प्रयास गरियो भने सरकार ढालिन्छ, हामी ढाल्न सक्षम छौँ ।”

उनले पार्टीमाथि हुने कुनैपनि आक्रमणको देशव्यापी रूपमा कडा जवाफ दिने चेतावनी दिए । “एमालेलाई छोयो भने संसारमै महंगो पर्ने गरी जवाफ दिन हामी तयार छौँ,” ओलीले भने, “फेरि आक्रमणको प्रयास भयो भने प्रतिकार अनिवार्य हुन्छ ।”

लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि संघर्ष गर्दै आएको पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले त्यसमा संलग्न शक्तिहरूप्रति कडा आलोचना गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ नभई षड्यन्त्रमा केन्द्रित भएको आरोप लगाए । जेन–जीसँग गरिएको सम्झौतालाई उनले षड्यन्त्रको संज्ञा दिँदै वर्तमान सरकार संविधान संशोधनका लागि नभई चुनाव गराउन बनेको सरकार भएको स्मरण गराए ।

उनले अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । “सम्मानित अदालतले देशको संवेदनशील अवस्था बुझेर संसद् पुनःस्थापना गर्नेछ भन्ने मलाई विश्वास छ,” ओलीले भने ।

देशमा अराजकता फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै उनले कार्यकर्ता र सर्वसाधारणलाई सजग रहन आग्रह गरे । राज्य संयन्त्रमा मात्र निर्भर नहुन सुझाव दिँदै उनले टोल–टोलमा सुरक्षा समिति गठन गर्न आह्वान गरे ।

“एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउनुहोस्,” सरकारप्रति आक्रोश व्यक्त गर्दै ओलीले भने, “यो सरकार र राज्य संयन्त्रप्रति हामीलाई भरोसा छैन, त्यसैले आफ्नो सुरक्षा हामी आफैँले गर्नुपर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३, बिहीबार १४:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP