मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य सकिएका सरकारी निकाय खारेज वा गाभ्ने तयारी

2.4K
SHARES
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य सकिएका सरकारी निकाय खारेज वा गाभ्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले निष्प्रभावी र औचित्यहीन सरकारी निकायहरू खारेज, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नेबारे गृहकार्य अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा यसअघि बनेका विभिन्न आयोग तथा कार्यदलहरूले दिएका प्रतिवेदनका आधारमा कुन संस्था कहिले र कसरी पुनर्संरचना गर्ने भन्नेबारे विस्तृत अध्ययन गरी ठोस योजना बनाउन आयोगअन्तर्गतको कार्यान्वयन समितिलाई जिम्मा दिइएको हो ।

मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको कार्यान्वयन समितिले आगामी १५ दिनभित्र प्रतिवेदनसहितको ठोस प्रस्ताव अग्रसर गर्नुपर्नेछ । प्रधानमन्त्री ओलीले सेवा प्रवाह सुधारका लागि अब ढिलाइ नगरी परिणाममुखी निर्णयमा जान निर्देशन दिएका छन् ।

सरकारी सेवा सरल, प्रभावकारी, सुलभ र मितव्ययी बनाउने उद्देश्यसहित गत वैशाख ८ गते मन्त्रिपरिषद् बैठकबाट गठन गरिएको शासकीय सुधार आयोगको पहिलो बैठक असार ४ गते बसेको थियो ।

आयोगमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने लगायत पदेन सदस्य छन् । राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा पनि आयोगमा सहभागिता जनाएका छन् ।

बैठकमा समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीच कार्य विस्तृतिकरण तथा दोहोरोपन हटाउन राष्ट्रिय समन्वय परिषद्मार्फत प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारीबारे पनि जानकारी गराइएको थियो ।

आयोगको कार्यदायरा अन्तर्गत सेवा प्रदायक निकायहरूको संरचना सुधार्ने, निर्णय प्रक्रियालाई छरितो बनाउने, प्रविधि उपयोग बढाउने, तहगत समन्वय र स्पष्ट अधिकार तोक्ने, प्रशासनिक कानुन र प्रणालीलाई संघीयताअनुकूल सरल र प्रभावकारी बनाउने लगायतका जिम्मेवारी रहेका छन् ।

सरकारी सेवामा ढिलासुस्ती, दोहोरोपन र अनावश्यक खर्च हटाउँदै संस्थागत सुधारमार्फत सुशासन प्रवर्द्धन गर्न आयोगले छिट्टै ठोस कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP