मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसियाली खेलकुदमा नेपालको पहिलो पदक, शेर्पाले जिते कांस्य

598
SHARES
एसियाली खेलकुदमा नेपालको पहिलो पदक, शेर्पाले जिते कांस्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हासिल गरेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ केजीभन्दा माथिको तौल समूहमा कांस्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन् ।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा रोकिएपछि उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।

कांस्यका लागि भएको प्रतिस्पर्धामा भने तेन्जिङले प्रभावशाली प्रदर्शन गरे । उनले लाओसका वाथाना जायासनलाई ९–१ को फराकिलो अन्तरले पराजित गर्दै पदक पक्का गरेका हुन् । खेलमा तेन्जिङले युकोबाट ६ तथा इप्पोनबाट ३ अंक जोड्दै जित निकाले ।

तेन्जिङले क्वाटरफाइनलमा पनि जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेका थिए । मकाउका खेलाडीसँगको खेलमा उनी १–० ले पछि परेका बेला विपक्षीबाट भएको गल्तीपछि तेन्जिङलाई विजेता घोषित गरिएको थियो ।

तेन्जिङको कांस्यसँगै २०औँ एसियाली खेलकुदमा नेपालको पदक यात्रा सुरु भएको छ । उनको सफलताले नेपाली कराते टोलीको प्रदर्शनलाई समेत उत्साह थपेको छ भने प्रतियोगिताका बाँकी स्पर्धामा नेपालले थप पदक जित्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ७, बुधबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP