मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्लाहीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको ज्यान गयो

2.6K
SHARES
सर्लाहीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको ज्यान गयो

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका–१, हर्दी खोलाको किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब सवा ९ बजेको समयमा घर लिप्ने माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएका थिए । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काका अनुसार मृतकहरू माटो लिन गएका बेला माथिबाट माटोको भाग खसेर उनीहरूलाई पुरेको हो ।

ढिस्कोको कारण महोत्तरी जिल्ला, सोनमा गाउँपालिका–६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया सविवा खातुनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १५, बुधबार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP