मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वीरगन्जबाट दुर्गा प्रसाईं पक्राउ, भोलिको कार्यक्रम अनिश्चित

559
SHARES
वीरगन्जबाट दुर्गा प्रसाईं पक्राउ, भोलिको कार्यक्रम अनिश्चित

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं लाई प्रहरीले पर्साको वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले जरुरी पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रमका लागि वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।

प्रसाईंले यसअघि पनि पर्सामा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रयास गरेका थिए । तर सुरक्षा संवेदनशीलता देखाउँदै प्रशासनले पटक–पटक कार्यक्रम रोक्दै आएको छ ।

यसपटक पनि उनलाई कार्यक्रमको अनुमति नदिइएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ४, सोमबार १६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP