मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी प्रभाव कमजोर, पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

4.8K
SHARES
मनसुनी प्रभाव कमजोर, पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको छ भने स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ । यिनै पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा साथै तराईका एक(दुई स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीको सम्भावना रहेको छ । यी पहाडी क्षेत्रमा थोरै स्थानहरूमा र बाँकी देशका केही एक(दुई स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

सावधानी अपनाउन महाशाखाले सुझाव दिएका छ । विशेष गरी पहाडी क्षेत्रमा वर्षाको असरले गर्दा स(साना बाढीपहिरोको सम्भावना पनि रहने हुँदा सतर्क रहन अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP