मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओ जन्मजयन्तीमा प्रचण्डको आह्वानः एकता र साझा संघर्षको आवश्यकता

3.3K
SHARES
माओ जन्मजयन्तीमा प्रचण्डको आह्वानः एकता र साझा संघर्षको आवश्यकता

काठमान्डु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी आन्दोलनलाई बलियो बनाउन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर एकताबद्ध हुन आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङको १३३औँ जन्मजयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा दाहालले सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपाल निर्माण आजको प्रमुख कार्यभार भएको उल्लेख गरेका छन् । यस लक्ष्यमा पुग्न साझा दृष्टि, एकीकृत रणनीति र निरन्तर संघर्ष आवश्यक रहेको उनको भनाइ छ ।

उनले माओत्सेतुङले अघि सारेको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको अवधारणा र जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने मार्ग आजको विश्व परिस्थिति र नेपालको सन्दर्भमा अझै सान्दर्भिक रहेको बताएका छन् । विदेशी निर्भरता बढ्दै गएको वर्तमान अवस्थामा आत्मनिर्भरताको विचारले राष्ट्रिय स्वाभिमान र जनजीविकाको संरक्षण गर्ने दाहालको दाबी छ ।

संयोजक दाहालले विचार, संगठन र संघर्षको मोर्चामा एकता कायम गर्दै समाजवादतर्फको यात्रा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले जनताको पक्षमा दृढतापूर्वक उभिने र परिवर्तनको एजेन्डालाई पुनर्जीवित गर्ने जिम्मेवारी सबै क्रान्तिकारी शक्तिको साझा दायित्व भएको उल्लेख गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ११, शुक्रबार ०५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP