मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधि सभाको बैठक स्थगित, भोलि दिउँसो १ः०० बजे बस्ने

234
SHARES
प्रतिनिधि सभाको बैठक स्थगित, भोलि दिउँसो १ः०० बजे बस्ने

काठमाडौं । आज (मंगलबार) का लागि तय गरिएको सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले विशेष कारण देखाउँदै भदौ ९ गते दिउँसो १ः०० बजेका लागि निर्धारित बैठक स्थगित गरिएको जनाएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३०) बमोजिम सभामुख डोलप्रसाद अर्यालले स्थगित बैठक भदौ १० गते बुधबार दिउँसो १ः०० बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएकाले अर्को दिनका लागि बैठक सारिएको उल्लेख छ ।

अब प्रतिनिधि सभाको बैठक भोलि बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ९, मंगलवार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP