मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीको क्षति र उद्धारबारे आज सर्वदलीय बैठक

403
SHARES
भोटेकोशी बाढीको क्षति र उद्धारबारे आज सर्वदलीय बैठक

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, बेपत्ताको खोजी तथा प्रभावितको उद्धार र राहतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिएको हो ।

बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा देखिएको क्षतिको पछिल्लो अवस्था, बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उपायबारे छलफल हुनेछ । यस्तै, प्रभावितलाई राहत उपलब्ध गराउने तथा उनीहरूको पुनःस्थापनाका विषयमा पनि दलहरूबीच साझा धारणा बनाउने तयारी छ ।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच समन्वय आवश्यक रहेको भन्दै सर्वदलीय बैठक बोलाइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP