मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा आगजनी

1.1K
SHARES
बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा आगजनी

काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा समेत आगजनी भएको छ । मंगलबार बिहान प्रदर्शनकारीको ठूलो समूह निवास नजिक पुगेपछि तोडफोडसँगै आगजनीसमेत गरेको प्रहरीले पुष्टि गरेको छ ।

आन्दोलनकारीहरूले आइतबारको प्रदर्शनमा सुरक्षा निकायको गोलीप्रयोगका कारण १९ जनाको मृत्यु भएको घटनालाई सरकार र शीर्ष नेताको ‘अमानवीय निर्णय’को परिणाम भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । यही आक्रोशले आज आन्दोलन अझ आक्रामक बनेको हो ।

राजधानीसहित देशका प्रमुख सहरहरूमा सडक अवरोध, टायर दहन र नाराबाजी भइरहेका छन् । आक्रोशित भीड अहिले शीर्ष नेताका निवास र सत्तारूढ दलका कार्यालयहरूलाई मुख्य लक्ष्य बनाउँदै तोडफोड र आगजनीमा उत्रिएका छन् ।

यसैबीच, सरकार र विरोधरत जेनजी पुस्ताबीच संवाद हुनुपर्ने माग नागरिक समाज तथा विभिन्न पेशागत संघसंस्थाबाट बढ्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP