मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बझाङका रविन्द्र ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बने

3.3K
SHARES
बझाङका रविन्द्र ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बने

काठमाडौं । नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले ऐतिहासिक सफलता हात पार्दै म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ को बान्टमवेट ताज जितेका छन् । भारतका अनुभवी फाइटर चोंगरेंग कोरेनलाई पराजित गर्दै उनी उक्त उपाधि जित्ने पहिलो नेपाली बनेका हुन् ।

गएराति भारतको नोएडामा सम्पन्न प्रतिस्पर्धामा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई हराएका थिए । तीन राउन्डसम्म चलेको तीव्र र प्रतिस्पर्धात्मक भिडन्तमा ढाँटले दमदार प्रदर्शन गर्दै निर्णायक लम्कन सफल भए ।

यो जितसँगै उनले आफ्नो व्यावसायिक एमएमए रेकर्ड ८ जित र १ हारमा पुर्‍याएका छन् । यस्तै, कोरेनको लगातार पाँच जितको श्रृंखला तोड्दै ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फाइटरको उपस्थिति झनै मजबुत बनाएका छन् ।

ढाँटको यो जित नेपाली एमएमएका लागि मात्र नभई सम्पूर्ण नेपाली खेल क्षेत्रका लागि पनि प्रेरणादायी बनेको छ । बझाङका स्थानीय स्तरबाट सुरु भएको उनको यात्रा यति ठूला मञ्चसम्म आइपुगेको हो ।

रविन्द्र ढाँटले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै थप उपाधि जित्ने लक्ष्य राखेको जनाएका छन् । उनका अनुसार नेपालको झण्डा उच्चमा फहर्याउने लक्ष्यसहित आफू प्रशिक्षणमा झनै सशक्त हुँदै जान चाहन्छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार ०४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP