मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

1.3K
SHARES
हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो ।

अदालतले जारी गरेको आदेशमा भनिएको छ, “उल्लिखित मुद्दाहरूको अन्तरवर्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवम् कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरुपण र सम्बोधन हुन सक्ने विषय देखिएकाले हाल अन्तरिम आदेश जारी गर्नु उपयुक्त ठहरिएन ।”

अदालतले यस मुद्दाको पेसी आगामी मंसिर ९ गतेका लागि तोकेको छ । साथै, १५ दिनभित्र विपक्षी पक्षलाई लिखित जवाफ पेश गर्न आदेश दिँदै उक्त मितिमा प्राथमिकताका साथ सुनुवाइ गरिने जनाएको छ ।

सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको विशेषज्ञका रूपमा सरुवा गरेको थियो ।

शाक्यलाई हटाएपछि सरकारको निर्णय अनुसार प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

यही निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार १४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP