मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल पदमुक्त

1.6K
SHARES
मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल पदमुक्त

काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । पदीय आचरण विपरीत गतिविधि गरेको आरोपसहित दर्ता गरिएको प्रस्ताव बुधबार प्रदेश सभामा दुई तिहाइ बहुमतले पारित भएपछि उनी स्वतः पदमुक्त बनेका हुन् ।

बैठकमा उपस्थित ७८ मध्ये ७६ जना प्रदेश सभा सदस्यले मण्डलविरुद्धको प्रस्तावको पक्षमा मत दिएका थिए, भने विपक्षमा एक मत पनि परेको छैन । कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले राखेको प्रस्ताव प्रदेश सभामा तत्काल कायम सदस्य सङ्ख्याको दुई तिहाइ समर्थन पाएपछि उपसभामुख बबिता राउत ईशरले प्रस्ताव पारित भएको घोषणा गरिन् ।

मण्डलले सभामुखको पदअनुकूल आचरण नगरेको भन्दै कात्तिक २७ गते प्रस्ताव दर्ता गरिएको थियो । मंगलबार विभिन्न दलका ३२ जना प्रदेश सभा सदस्यले उपसभामुखलाई बैठक बोलाउन आग्रह गरेपछि बुधबार प्रदेश सभा बैठक आह्वान गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ३, बुधबार १४:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP