मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राईको नेतृत्वमा नेपाल बुद्धिचाल महासङ्घको नयाँ कार्यसमिति गठन

936
SHARES
राईको नेतृत्वमा नेपाल बुद्धिचाल महासङ्घको नयाँ कार्यसमिति गठन

काठमाडौं । नेपाल बुद्धिचाल महासङ्घको विशेष साधारणसभाले पुरानो कार्यसमिति विघटन गर्दै दिपेन राईको अध्यक्षतामा नयाँ तदर्थ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । तत्कालीन अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेतृत्व चयन गरिएको हो ।

यसअघि कार्यसमितिले हेटौँडामा साधारणसभा गर्ने निर्णय गरे पनि बहुमत प्रतिनिधिहरूले काठमाडौंमै सभा आयोजना गर्न माग गरेका थिए । सोहीअनुसार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले पुरानो कार्यसमिति भंग गर्दै नयाँ समिति गठन गरेको जनाएको छ ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली चयन भएका छन् भने उपाध्यक्षमा विश्व विजय घिमिरे र तारा बहादुर रानाभाट रहेका छन् । त्यसैगरी महासचिवमा धनबहादुर बोगटी, उपमहासचिवमा विजयवोध लावती तथा कोषाध्यक्षमा वीरबहादुर रावत चयन भएका छन् ।

सदस्यहरूमा कुस्माकर काफ्ले, उमेश शाह साना, भगवती अधिकारी, दिनेश थापा, दीर्घराज अधिकारी, धर्मी खड्का, सबिना लामगाडे, टिकादेवी भण्डारी, लक्ष्मी कन्दङ्वा र अञ्जु शाह रहेका छन् ।

विशेष साधारणसभामा पूर्व उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र खाइजु तथा अरुणशंकर वैद्यको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको खेलकुद विभागका सदस्य शिव सिलवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

महासंघका नवनिर्वाचित महासचिव धनबहादुर बोगटीका अनुसार बहुमत सदस्यहरूको मागअनुसार पुरानो कार्यसमिति विघटन गरिएको हो । साथै आगामी ९० दिनभित्र महासंघको नियमित १०औँ साधारणसभा सम्पन्न गर्ने निर्णय पनि गरिएको छ ।

नयाँ कार्यसमितिले संस्थागत सुधार, आर्थिक पारदर्शिता, खेलाडीमैत्री वातावरण निर्माण तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राख्दै महासंघका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार १६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP