मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बानेश्वरमा झडप तीव्र, एकको मृत्यु पश्चात् स्थिति नियन्त्रणबाहिर

1.1K
SHARES
बानेश्वरमा झडप तीव्र, एकको मृत्यु पश्चात् स्थिति नियन्त्रणबाहिर

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएपछि बानेश्वर क्षेत्र झनै तनावग्रस्त बनेको छ ।

सरकारले लगाएको कर्फ्यू आदेश प्रभावकारी नदेखिँदा आक्रोशित प्रदर्शनकारीहरूले विरोधलाई अझ तीव्र पारेका छन् । संसद् भवन वरिपरि ठूलो संख्यामा उनीहरूको भिड रहँदा वातावरण अशान्त भएको छ ।

प्रहरीले संसद् परिसर भित्रबाट पटक–पटक अश्रुग्यास प्रहार, रबरको गोली प्रक्षेपण, पानीको फोहोरा प्रयोग र इट्टासमेत प्रहार गरिरहेको छ । तर प्रदर्शनकारीहरूले पनि संसद् भवन वरिपरि आगजनी गर्ने प्रयास दोहोर्‍याउँदै भिडन्तलाई थप चर्काइरहेका छन् ।

भागदौडका क्रममा धेरै जना घाइते भएका छन् । उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएका घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP