मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत

1.3K
SHARES
७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ । उम्मेदवारहरूको गतिविधि, विशेषगरी चुनावी खर्च र आचारसंहिताको पालना भए–नभएको निगरानी गर्न यी अधिकृत तोकिएका हुन् ।

आयोगका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिता कार्यान्वयन र अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । उनीहरूले जिल्लाभर उम्मेदवार तथा राजनीतिक दलका गतिविधि नियाल्दै आचारसंहिता उल्लङ्घन भए–नभएको हेर्नेछन् ।

त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक पक्षको अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ । उम्मेदवारले चुनावी खर्चको लेखा राखे–नराखेको, तोकिएको सीमा भित्र खर्च गरे–नगरेको, सम्पत्ति विवरण पेस गरे–नगरेको तथा निर्वाचन कार्यालयमा घोषणापत्र बुझाए–नबुझाएको विषय उनीहरूको निगरानीमा रहनेछ ।

आचारसंहिता विपरीत खर्च गरेको वा नियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित उम्मेदवारसँग अनुगमन अधिकृतले स्पष्टीकरण सोध्न सक्ने आयोगले जनाएको छ । आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न अनुगमनलाई थप कडाइका साथ अघि बढाइने स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १३, मंगलवार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP