मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

३८ जिल्लाका नदीमा बहाव उल्लेख बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

455
SHARES
३८ जिल्लाका नदीमा बहाव उल्लेख बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा आज बाढीको बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट भएर बग्ने भोटेकोसी र त्रिशूली नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

आज बिहान जारी गरिएको बाढीसम्बन्धी बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बहने ससाना नदी तथा खोलाको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । ती नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको आँकलन छ ।

दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा साना नदी तथा खोलाको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार यी जिल्लामा बहाव बढेसँगै आकस्मिक बाढीको मध्यम जोखिम हुनसक्ने भएकाले नदी तथा खोलाको आसपासका बासिन्दालाई सावधानी अपनाउन आवश्यक छ ।

यस्तै, रसुवा र नुवाकोट भएर बग्ने भोटेकोसी, त्रिशूलीलगायतका नदी तथा ससाना खोलामा भने बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २१, आईतवार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP