मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा खुला ठाउँमा प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध

793
SHARES
काठमाडौंमा खुला ठाउँमा प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला ठाउँमा प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु जलाउन पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । वातावरण व्यवस्थापन विभागले यस निर्णयको जानकारी दिँदै चिसो मौसममा बढ्ने फोहोर र प्लास्टिक जलाउने क्रियाकलापले वायु प्रदूषण बढाउने भन्दै यस्तो कदम उठाइएको जनाएको छ ।

महानगरका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर धेरै हदसम्म बढ्छ । विभाग प्रमुख सरिता राईले भनिन्, “खुला ठाउँमा प्लास्टिक र फोहोर जलाउने कार्यले वायु प्रदूषणमा ठूलो योगदान पुर्याउँछ । जनस्वास्थ्य र वातावरणको सुरक्षाका लागि यो निर्णय आवश्यक रहेको हो ।”

वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दम र खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटु रोगी तथा दीर्घरोगबाट पीडित व्यक्तिहरू बढी प्रभावित हुन्छन् । महानगरले भनेको छ कि यी जोखिमका समूहसँगै सम्पूर्ण शहरबासीको स्वास्थ्य जोगाउन खुलेर वस्तु नजलाउने कार्य अत्यावश्यक छ ।

महानगरपालिकाले उल्लंघन हुनेहरूलाई कडा कारबाही हुने चेतावनी दिएको छ । राईका अनुसार, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८२ अनुसार प्रतिपटक १० हजार रुपैयाँ जरिवाना गरिनेछ ।

महानगरले सबै नागरिकसँग अनुरोध गरेको छ कि घर–आसपासको फोहोर, प्लास्टिक र अन्य जलाउन योग्य वस्तुहरू सुरक्षित तरिकाले व्यवस्थापन गरुन् र वातावरणीय क्षति कम गर्न पहल गरुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP