मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेन शाहको प्रस्तावः संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह

1.9K
SHARES
बालेन शाहको प्रस्तावः संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र अन्तरिम सरकार गठनको औपचारिक प्रस्ताव गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै बालेनले देश अहिले ‘इतिहासमै नभएको फरक परिस्थितिमा’ पुगेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका हुन् ।

Gen Z क्रान्तिलाई संरक्षण गर्न संसद् विघटनको माग
बालेनले आफ्नो पोस्टमा देशका युवाहरू, विशेषतः Gen Z पुस्ताले सुरु गरेको आन्दोलन ऐतिहासिक क्रान्तिको रूपमा उदाएको उल्लेख गर्दै यसलाई संरक्षित गर्न तत्काल अन्तरिम सरकार आवश्यक रहेको बताएका छन् ।

उनले लेखेका छन्, “अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने र देशलाई नयाँ जनादेश दिने हो ।”

सुशीला कार्कीलाई नेतृत्वमा समर्थन
बालेनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित अन्तरिम सरकार प्रमुखको रूपमा अघि सारिएको प्रस्तावप्रति पनि समर्थन जनाएका छन् । “तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ,” उनले भनेका छन् ।

युवाहरूलाई धैर्य र चुनावमा नेतृत्व लिन सुझाव
सन्देशमा बालेनले तत्काल नेतृत्वमा आउने होड नगर्न आग्रह गर्दै युवाहरूलाई संयम अपनाउन र भविष्यका लागि आफूलाई तयार राख्न पनि सुझाव दिएका छन् ।

अन्त्यमा उनले राष्ट्रपति समक्ष यो ऐतिहासिक आन्दोलनलाई संस्थागत गर्न र मुलुकलाई नयाँ दिशातर्फ लैजान संसद् विघटन र अन्तरिम सरकार गठनको ‘अविलम्ब’ निर्णय लिन अपिल गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार १६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP