मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको जेनजी पुस्तालाई अपिलः “संविधानको रक्षा र शान्तिपूर्ण निकासतर्फ अग्रसर होऔं”

1.6K
SHARES
प्रचण्डको जेनजी पुस्तालाई अपिलः “संविधानको रक्षा र शान्तिपूर्ण निकासतर्फ अग्रसर होऔं”

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्तालाई शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक निकासका पक्षमा उभिन अपिल गरेका छन् । हालैको दुईदिने जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन र सरकार परिवर्तनसँगै प्रचण्डले यस्तो सार्वजनिक सन्देश जारी गरेका हुन् ।

प्रचण्डले आफ्नो अपिलमार्फत युवा पुस्तालाई संयमता र सुझबुझ अपनाउँदै लोकतन्त्रको रक्षा र संविधानको संरक्षणमा दृढतापूर्वक लाग्न आग्रह गरेका छन् । अपिलमा भनिएको छ, “प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आह्वान गर्दछु ।”

प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै, आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले भनेका छन्, “समुन्नत लोकतन्त्रको सपना साँचेर सुशासनका पक्षमा जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा सहादत प्राप्त सम्पूर्ण युवामा भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

प्रचण्डको यो अपिल परिवर्तनको संवेदनशील मोडमा जनतामाझ शान्ति, लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धतालाई पुनः बलियो बनाउने प्रयासका रूपमा आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP