मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल २: एलिमिनेटरमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने

3K
SHARES
एनपीएल २: एलिमिनेटरमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) ती-२० क्रिकेट अन्तर्गत आज (बुधबार) हुने महत्वपूर्ण एलिमिनेटर खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ः०० बजे सुरु हुने कार्यक्रम छ ।

लिग चरणको समापनसँगै काठमान्डु तेस्रो स्थानमा र लुम्बिनी चौथो स्थानमा रहेका कारण यी दुई टोली एलिमिनेटरमा आमनेसामने हुन लागेका हुन् । काठमान्डुले ७ खेलमध्ये ५ मा जित दर्ता गर्दै १० अंक बटुल्यो भने लुम्बिनीले ४ खेलमा जित निकाल्दै ८ अंक हासिल गर्‍यो । विराटनगरसँग बराबरी १० अंक भए पनि नेट रनरेटमा पछि परेपछि काठमान्डुले तेस्रो स्थान ओगटेको थियो ।

यस एलिमिनेटरमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो, जसका कारण उनीहरू दोस्रो क्वालिफायरमा पुगेका हुन् ।

तर आज हार्ने टोली भने प्रतिस्पर्धाबाटै बाहिरिनेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल अत्यन्तै निर्णायक र दबाबपूर्ण हुनेछ ।

लिग चरणको भेट— काठमान्डुको बलियो प्रदर्शन
लिग चरणमै यी दुई टोलीबीच भएको भिडन्तमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो । यो जित काठमान्डुको मनोबलका लागि सकारात्मक हुन सक्छ, तर लुम्बिनी पछिल्लो समयमा उत्कृष्ट लयमा फर्किएको देखिन्छ ।

लुम्बिनीको अस्थिर सुरुवातपछि मजबुत पुनरागमन
लुम्बिनी लायन्सले लिगको पहिलो खेलमा विजय हासिल गरे पनि त्यसपछि लगातार तीन खेलमा पराजय भोगेको थियो । यद्यपि, टोलीले शानदार पुनरागमन गर्दै पछिल्ला तीन खेल लगातार जित निकाल्यो र अन्ततः प्लेअफमा स्थान सुरक्षित गर्‍यो । यस निरन्तर विजय लहरले टोलीलाई आजको भिडन्तमा आत्मविश्वास बढाउँदै ल्याएको छ ।

काठमान्डुले लिगमा समग्र रूपमा दमदार प्रदर्शन गर्‍यो । दुवै हारका बाबजुद टोलीले बलियो ब्याटिङ र स्थिर बलिङको बलमा पाँच खेलमा जित दर्ता गर्दै सहजै प्लेअफमा प्रवेश गर्‍यो । नेट रनरेटमा विराटनगरभन्दा पछि पर्नु काठमान्डुका लागि दुर्भाग्यपूर्ण भए पनि एलिमिनेटरमा उनीहरूको लक्ष्य फाइनल चरणसम्म पुग्ने स्पष्ट छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २४, बुधबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP