मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वैकल्पिक शक्तिहरू एक हुनुपर्छ : कुलमान घिसिङ

1.5K
SHARES
वैकल्पिक शक्तिहरू एक हुनुपर्छ : कुलमान घिसिङ

काठमान्डु । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशको राजनीतिक परिवर्तनका लागि सबै वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने उनको धारणा छ ।

पोखरामा कार्यकर्ता भेला
आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र वैकल्पिक धारका सबै शक्तिहरू एक भएर जानुपर्नेमा जोड दिए । “सकेसम्म एक भएर जाने, नसके कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं,” उनले भने, “त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरूलाई एक भएर अघि बढ्न आह्वान गर्दछु ।”

जनताको चाहना वैकल्पिक एकता
घिसिङका अनुसार नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरूबीच एकता देख्नु नै हो । उनले वर्तमान राजनीतिक अवस्थाप्रति जनआकांक्षा परिवर्तन र नयाँ नेतृत्वतर्फ केन्द्रित रहेको उल्लेख गर्दै सबैले त्यो भावना बुझेर अघि बढ्नुपर्ने बताए । “जनताले नयाँ नेतृत्व, नयाँ आशा र साझा बाटो खोजिरहेका छन्,” उनले थपे ।

रवि–बालेन सम्झौतासँग जोडिएको सन्दर्भ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । घिसिङले यसअघि बालेनसँग एकता र सहकार्यका विषयमा छलफल अघि बढाएका थिए । तर हाल रवि र बालेन एक हुँदा उज्यालो नेपाल पार्टी भने उक्त सहकार्यबाट बाहिरिएको देखिएको छ ।

सम्मान र स्वाभिमान नछोडी सहकार्यको तयारी
घिसिङले उज्यालो नेपाल पार्टी सम्मान, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । उनले यसका लागि गृहकार्य भइरहेको र केही दिनमै त्यसको नतिजा देखिने विश्वास व्यक्त गरे ।

“सम्मानजनक उपस्थिति र आत्मसम्मान नमेटाइकन सहकार्य गरेरै अघि बढ्ने हाम्रो तयारी छ,” घिसिङले भने, “यसतर्फ धेरै कुराहरू भइरहेको छ र आगामी दिनमा त्यसको सकारात्मक परिणाम आउनेछ भन्नेमा म विश्वस्त छु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP