मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बा–४ का विद्यालयमा विद्यार्थीलाई टी–सर्ट र ट्र्याकसुट वितरण

5.1K
SHARES
खिजीदेम्बा–४ का विद्यालयमा विद्यार्थीलाई टी–सर्ट र ट्र्याकसुट वितरण

खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नं. ४ अन्तर्गतका विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई टी–सर्ट र ट्र्याकसुट वितरण गरिएको छ । आइतबार Mom Foundation Nepal को सक्रियतामा आयोजित कार्यक्रममा महादेव आधारभूत विद्यालय—चर्नालु, साहसी बालविकास केन्द्र—सञ्जाबारी, सरस्वती आधारभूत विद्यालय—पिपलडाँडा तथा कुण्डली माध्यमिक विद्यालय—डिकर्पुका सबै विद्यार्थी लाभान्वित भएका हुन् ।

स्थानीयबासी कमल सुनुवारको पहलमा कार्यक्रम सम्भव भएको हो । आफ्नै गाउँका बालबालिकाका लागि केही योगदान गर्नुपर्छ भन्ने सोचका साथ उनले लामो समयदेखि चिनजानमा रहेका पेमा शेर्पासँग समन्वय गरी Mom Foundation Nepal मार्फत सहयोग जुटाएका थिए । प्रारम्भमा यो योजना गत वर्ष नै तय भए पनि विशेष कारणले यस वर्ष कार्यान्वयनमा आएको जनाइएको छ ।

नयाँ पोसाक पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । शिक्षक तथा अभिभावकहरूले यस्तो सहयोगले विद्यार्थीको मनोबल बढाउने र विद्यालयप्रतिको आकर्षण थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमका अवसरमा Mom Foundation Nepal ले आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा विद्यार्थी केन्द्रित थप कार्यक्रम लिएर वडा नं. ४ मा आउने प्रतिबद्धता जनाएको छ । संस्थाले ग्रामीण भेगका विद्यालयलाई प्राथमिकतामा राख्दै सहयोग विस्तार गर्ने जनाएको छ ।

यसै कार्यक्रममा शिक्षक–शिक्षिकालाई डायरीसमेत वितरण गरिएको थियो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष होमबहादुर सुनुवार, Mom Foundation Nepal का अध्यक्ष पासाङ छेकी शेर्पा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि वडा नं. ४ का सम्पूर्ण विद्यालय परिवारले Mom Foundation Nepal को टिम, सहयोगदाताहरू तथा यस कार्यमा समन्वय गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १९, सोमबार ०८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP