मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘म निरन्तर एमालेकै कार्यकर्ता हुँ’ :पूर्वराष्ट्रपति भण्डारी

1.3K
SHARES
‘म निरन्तर एमालेकै कार्यकर्ता हुँ’ :पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने स्पष्ट पारेकी छिन् ।

काठमाडौंको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले माले कालदेखि नै कम्युनिष्ट आन्दोलनमा संगठित सदस्यता लिएकी बताइन् ।

‘म नेकपा एमालेको सदस्य हुँ । मैले सिद्धान्त धारण गरेर त्यही अनुरूप काम गरिरहेकी छु,’ उनले भनिन्, ‘पार्टीमा विकृति–विसंगति देखियो भने त्यसविरुद्ध लड्न पछि हट्दिनँ ।’

तर, उनले पार्टी केन्द्रीय कार्यालय च्यासलले आफ्नै सदस्यतामाथि प्रश्न उठाएको भन्दै आश्चर्य व्यक्त गरिन् ।

‘साथीहरू नेता भन्छन्, तर सदस्यताकै प्रश्न च्यासलले उठाएको छ । मैले ०३७ सालमै सदस्यता लिएकी हुँ, अहिले ४५ वर्ष भइसकेछ,’ भण्डारीले स्मरण गरिन्, ‘राष्ट्रपतिमा निर्वाचित हुँदा ३५ वर्षको सदस्यता भएको थियो । पार्टीले निर्णय गरेर राष्ट्रपतिको पदमा गएको हुँ, त्यतिबेला पनि कार्यकर्ताकै भूमिकामा थिएँ ।’

भण्डारीले आफू आलोचनाभन्दा बाहिर नरहेको बताउँदै तथ्यमा आधारित भएर मात्र आलोचना गर्न आग्रह गरिन् ।

‘आलोचना गर्न सकिन्छ, तर तथ्यमा आधारित हुनुपर्छ,’ उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शन सिद्धान्तका रुपमा जबजलाई लिएको छ । त्यसको मर्म र भावनाअनुरूप काम भयो कि भएन भन्ने समीक्षा गर्ने बेला आएको छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ११:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP