मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

663
SHARES
मौसम पूर्वानुमान: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ । यसको असरले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यतया बदली रहेको छ भने अन्य स्थानहरूमा आंशिक बदली देखिएको छ ।

आज दिउँसो पनि पहाडी र हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । पहाड र हिमालका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराईका एक–दुई ठाउँमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रहरूमा बदली रहनेछ । साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा पनि मौसम खुल्ने सम्भावना कम रहेको छ । अन्य पहाडी र तराई क्षेत्रहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

रातिको समयमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि सीमित स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २४, मंगलवार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP